arrow

घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङबाट मृत्यु

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
lighting-thundering.jpg

गलकोट। बागलुङ जिल्लामा शनिवार चट्याङले लागेर एक युवाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४: ३०  बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले लागेर उहाँसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएका छन्। रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ