arrow

पाँचथरमा ६६ जनाको ‍र्‍यापिड टेष्ट, सवै रिपोट नेगेटिव

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत ३० आइतबार
corona-test.jpg

पाँचथर। पाँचथरमा ६६ जनाको आज र्यापिड टेष्ट गरिएको छ । शनिबार बाट शुरु भएको र्यापिड टेष्ट ५ वटा स्थानिय तहमा गरी ६६ जनाको र्‍यापिड टेष्ट गर्दा सवैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए ।

उनका अनुसार फाल्गुनन्द गाउँपालिकामा ७ जना,तुम्बेवा गाउँपालिकाको पब्लिक क्वारेन्टाईनमा ९ जना र होम क्वारेन्टाईनमा ६ जना गरी १५ जना,फिदिम नगरपालिकाको पब्लिक क्वारेन्टाईनमा ८ जना,मिक्लाजुङ गाउँपालिकाको पब्लिक क्वारेन्टाईनमा १४ जना र होम क्वारेन्टाईनमा ९ जना गरी २३ जना,फालेलुङ गाउँपालिकाको पब्लिक क्वारेन्टाईनमा रहेका १३ जना गरी जम्मा ६६ जनाको र्यापिड टेष्ट गरिएको हो ।

यस्तै शानिबारबाट शुरु भएको र्‍यापिड टेष्ट सोमबार सम्ममा बाँकी रहेको कुम्मायक गाउँपालिकाको ८ जना र हिलिहाङ गाउँपालिकाको ३ जनाको र्यापिड टेष्ट गरिने उनले बताए । र्यापिड टेष्ट गरेपछि नजिकको स्वयम सेविकाको रेखदेखमा उनीहरुलाई घर पठाइएको हो ।

प्रदेश नम्बर १ सरकारले थालनी गरेको रयापिड टेष्ट विराटनगर बाट प्राविधिक टोली आइपुगेपछि शनिवार टेष्ट शुरु भएको थियो । पाँचथरमा २ सय वटा किट ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ