कांग्रेस नेता रमेश रिजाल, अर्थमन्त्री खतिवडाको छोरा सहित कति परिवार बस्छन सन सीटीमा?
बेलायतबाट आएका ३ जना कोरोना संक्रमित भेटिएपछि सनसिटी अपार्टमेन्ट सीलबन्दी
प्रकाशित २०७७ वैशाख १ सोमबार
934
Shares
काठमाडौं। काठमाडौं काँडाघारीमा ३ जना कोरोना संक्रमित पाइएपछि उनीहरु बस्दै आएको सनसीटीमा प्रसासनले सिलबन्दी गरेको छ। र्यापिट डाइग्नोस्टीक कीटमा पोजेटीभ देखिएका ३ जनालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुको स्वाबको थप परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रसासनले ५ वटा टावर रहेको अपार्टमेन्टमा सिलबन्दी गरेको भ्याली डीआइजी विश्वराज पोखरेलले जानकारी दिए। पोखरेलले अपार्टमेन्टमा रहेका सबैलाई सेल्फ क्वारेन्टाइनमा रहन भनिएको पोखरेलले बताए।
अब त्यहाँ बस्दै आएका सबैलाई वाहिर भित्र गर्न नदिइ उनीहरुको दैनिक अत्यावश्यक बस्तु समेत प्रसासनले पुर्याउने प्रवन्ध गरिने तयारी छ। यसका लागि स्थानिय नगरपालिकासँग समन्वय गरिने बताइएको छ।
काठमाडौंको सनसीटीमा अर्थमन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा समेत रहँदै आएका थिए। ५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा अहिले कति परिवार बस्दै आएको एकिन जानकारी नरहेपनि केहि हाइप्रोफाइल व्यक्तिहरु भने रहँदै आएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको पनि सोहि एपार्टमेन्टमा फ्ल्याट रहेको छ। राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट रहेको छ। तर उनको त्यहाँ बसोबास भने नरहेको बताइएको छ।
एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान, पूर्व जिशिअ वावुराम नेपाल लगायतका व्यक्तिहरु पनि त्यहाँ रहँदै आएका थिए।
काठमाडौंमा एकैपटक ३ जना एउटै परिवारका व्यक्ति संक्रमित फेला परेको यो पहिलो घटना हो। सनसीटीमा फेला परेका ३ जना बेलायतबाट आएको परिवार हो।