कोरोनाको त्रासबीच एकाएक बिग्रियो मौसम, मंगलबार अधिकांश स्थानमा वर्षा
प्रकाशित २०७७ वैशाख २ मंगलबार
375
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
हाल देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। हाल मध्य भूभागमा हल्का बर्षा भैरहेको छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले देशको मौसम खराव रहेको छ । उपत्यकासहित पोखरा लगायतका पश्चिममा खराव रहेको छ । वर्षा पनि भएको छ ।
मेघ गर्जनसहित वर्षा हुँदा कोरोना भाइरसको त्रासमा रहेका नेपालीलाई अत्याएको छ मौसमले ।
दिउँसोतिर पहाडका सबैजसो स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ । मध्य र पूर्वी हिमाली क्षेत्रमा हिमपात हुनेछ ।
महाशाखाले देशको मध्य र पूर्वमा र पश्चिमी पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
साँझदेखि मौसममा सुधार हुने मौसमविद् श्रेष्ठले बताएका छन् ।
काठमाडौंमा बिहानै वर्षा भएको थियो । मेघगर्जनसमेत हुँदा केही तर्साएको छ । घाम लाग्ने सम्भावना कमै भए पनि उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म रहने छ भने न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।