arrow

सीमा क्षेत्रका नागरिक रातभर जाग्राम

logo
रासस,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
kapilvastu.png

कपिलवस्तु। कपिलवस्तुका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन। नेपाल भारत सिमाना नजीकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना सङ्क्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन्। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रुपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले  तिनमाथि निगरानी राखेका हुन्।

कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाकाअन्तर्गतका अधिकांश गाउँमा मानिस जागराम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिए। ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुरलगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको  युवक रामप्रकट कोरीले बताए।

सीमानाकामा नेपाल प्रहरी र  सशस्त्र प्रहरी बल खटिए पनि  अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताए। कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ