‘जनताले औंला भाँची भाँची सरकारका सय गल्ती गन्दैछन्’
प्रकाशित २०७७ वैशाख ७ आइतबार
1.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कर्मयोद्धालाई दण्ड दिएको भन्दै आपत्ति जनाएका छन् ।
कोरोना भाइरस संक्रमणको विषम परिस्थितिबाट आफूहरुलाई मुक्त गराउन सक्ने भनेकै डाक्टर र स्वास्थ्यकर्मी भएको भन्दै डा भण्डारीले जसले आफ्नो ज्यान हत्केलामा लिएर कति सिमितताका बावजूद अग्रमोर्चा सम्हालेर हामीलाई निश्चिन्त भएर घरमा बस्ने बनाएकालाई सम्मान गर्नुको सट्टा सरकारले दण्डको नीति ल्याउनु दुुःखद भएको उनले बताए ।
सामाजिक संजाल फेसबुकमा उनले भनेका छन्, उहाँहरुलाई अभिनन्दन गर्दै उहाँहरुप्रति विश्वले नै कृतज्ञता ज्ञापन गरि रहेको बेला हामीले अपमानित गर्ने !!! अहिले त उहाँहरुलाई प्रोत्साहित गर्दै पुरस्कृत गर्नु पर्दछ।’
सरकारलाई खवरदारी गर्दै भण्डारीले लेखेका छन्, ‘ सरकार नबिर्स कृष्णले पनि शिशुपालका सय गल्ती माफ गरेका थिए र त्यसपछि गरेको गल्तीमा दण्ड दिएका थिए । जनताले पनि औंला भाँची भाँची तिम्रा गलती गन्दै छन् ।’