arrow

६ दिन भारतीय क्वारेन्टाइनमै आमाको किरिया बसेका बासुदेव भित्रिए नपाल

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
kiria.jpg

दार्चुला। भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टाइनमा आमाको किरिया बसेका बासुदेव भट्टलाई ६ दिनपछि नेपाल प्रवेश दिइएको छ । आइतवार दिउसो १ः३० वजे दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१ जोग्यौडा घर भएका बासुदेव भट्टलाई नेपाल प्रवेश दिइएको हो । 

उनलाई सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दको नेतृत्वमा खटिएको टोलीले आरडिटीको लागि जिल्ला अस्पताल ल्याइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए । भट्टलाई घर सम्म पुगाउन शैल्यशिखर नगरपालिकाको एम्बुलेन्स आइरहेको समेत उनले बताए ।

अहिले जिल्ला अस्पताल दार्चुलामा आरडिटी जाँच गरिनेछ । आइडिटी जाँच पछि उनलाई होम क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतीय प्रशासनको समन्वयमा भट्टको उद्धार भएको हो । 

बासुदेवलाई आमाको किरियाका लागि घर ल्याउन पहल गरिदिन शैल्यशिखर नगरपालिका वडा नम्बर १ को कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस समेत पठाएको थियो । दार्चुला प्रशासनले भट्टको बायोडाटासहितको अनुरोध पत्र भारतीय एसडिएम कार्यालयमा पठाएको प्रजिअ पौडेलले बताए । 

पिथौरागढका डिएम विजयकुमार जोगदंडेले नयाँदिल्लिस्थित केन्द्रिय मन्त्रालयबाट निर्देशन आएपछि मात्रै भट्टलाई नेपाल पठाउन सकिने बताएका थिए । नेपाली प्रशासनले आफुलाई जानकारी दिएपछी पिथौरागढ जिला प्रशासन, एसएसबिको कमाण्डरमार्फत भारत सरकारको गृहमन्त्रालयबाट समेत निर्णय गराउनु पर्ने भएकाले किरियापुत्रीलाई नेपाल पठाउन बिलम्ब भएको धारचुलाका उपजिला अधिकारी अनिलकुमार शुक्लाले बताए । 

आइतवार ६ दिनपछि मात्रै उनको उद्दार गरिएको छ । गत मंगलवार उनीकी आमा गौमती भट्टको मृत्यु भएको थियो । कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण उनी भारतीय क्वारेन्टाइनमै आमाको किरिया बसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ