arrow

कोरोनालाई जितेर अस्पतालबाट घर फर्किए कैलालीका युवक

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
corona-test.jpg

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित २१ वर्षीय राज विक उपचारपछि आइबार घर फर्किएका छन् । 

दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय विकलाई आज डिस्चार्ज गरिएको सो अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए। 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलगायतका चिकित्सकहरूले उनलाई बिदाइ गरे ।

 भारतबाट आएका विकको नमूना पहिलो परीक्षणबाट चैत २२ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । उपचाररत अन्य चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ