arrow

दिनैभर मेघगर्जन र हावाहुरीसहित वर्षा 

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

सोमबार साँझदेखि फाटफुट वर्षा सुरु भएकामा त्यसले मंगलबार पनि निरन्तरता पाएको छ । हाल देशको अधिकांश स्थानमा सामान्य  बदली रही केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षा भइरहेको छ।

मंगलबार दिनभर नै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । 

प्रिमनसुन चलिरहेकाले बुधबार र बिहीबार पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकामा पनि सोमबार बेलुकी फाटफुट र राति केही स्थानमा वर्षा भएकामा मंगलबार बिहान भने उपत्यकाभर वर्षा भएको छ । भिजिबिलिटी पनि घटेको छ । 

बिहान हल्का हावाहुरीका कारण चिसोसमेत भएको छ । देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन भइरहेकाले बाहिर निस्कन नपर्ने भएकाले खासै असर नपरे पनि अहिले किसानलाई भने चिन्ताले छाएको छ । 

देशका विभिन्न स्थानमा असिना पानीले करोडौंको नोक्सानी पुर्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ