विषम परिस्थितिको फाइदा उठाउँदै अध्यादेशहरु जारी: नेपाली कांग्रेस
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
642
Shares
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वजगत सँगै नेपाल पनि आक्रान्त रहेको अवस्थामा नेपाल सरकारले हतारहतार गरी विषम परिस्थितिको फाइदा उठाउँदै “संवैधानिक परिषद (काम, कर्तय, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” गरी दुई वटा अध्यादेश जारी गरेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रेस विज्ञप्ति जारी गर्दै सबै विषयलाई पन्छाएर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरु जारी गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ –‘ नेपाल सरकारको हालको प्रमुख कार्य एवं प्राथमिकता भनेको कोरोना भाईस नियन्त्रण, संक्रमण न्यूनिकरण र संक्रमितहरुको उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था गरी परिक्षण एवं उपचार कार्यलाई तीब्रता दिनु हो । त्यसै गरी दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिक मजदुर लगायत न्यून आय भएका नागरिकलाई राहत वितरण, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवं खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पिडित नेपालीको उद्धार तथा संरक्षण गर्नु हो ।‘
संकटको यस घडी सबै स्वार्थ भन्दा माथि उठेर देश र आमनागरिकको जीवन रक्षाको लागि नेपाल सरकारलाई गतिशिल रहन नेपाली कांग्रेसले आग्रह गरेको छ ।
प्रेस विज्ञप्ति
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वजगत सँगै नेपाल पनि आक्रान्त रहेको अवस्थामा नेपाल सरकारले हतारहतार गरी विषम परिस्थितिको फाइदा उठाउँदै “संवैधानिक परिषद (काम, कर्तय, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” गरी दुई वटा अध्यादेश जारी गरेको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकारको हालको प्रमुख कार्य एवं प्राथमिकता भनेको कोरोना भाईस नियन्त्रण, संक्रमण न्यूनिकरण र संक्रमितहरुको उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था गरी परिक्षण एवं उपचार कार्यलाई तीब्रता दिनु हो । त्यसै गरी दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिक मजदुर लगायत न्यून आय भएका नागरिकलाई राहत वितरण, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवं खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पिडित नेपालीको उद्दार तथा संरक्षण गर्नु हो ।
तर यी सबै विषयलाई पन्छाएर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरु जारी गरेको छ । सरकारको यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दैे घोर भत्र्सना गर्दछ । संविधानका प्रावधानलाई उल्लंघन गर्दै जारी भएको अध्यादेशले संविधानलाई नै चुनौति दिएको छ । तसर्थ वदनियतपूर्वक ल्याइएका अध्यादेशहरु तत्काल खोरज गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै लोकतान्त्रिक संविधान प्रतिकूल, यसका भावना र मर्म विपरितका कुनै पनि अध्यादेश जारी नगर्न र भविष्यमा त्यस्ता विधेयकहरु नल्याउन सरकारलाई सचेत गर्दछ ।
संकटको यस घडी सबै स्वार्थ भन्दा माथि उठेर देश र आमनागरिकको जीवन रक्षाको लागि नेपाल सरकारलाई गतिशिल रहन नेपाली कांग्रेस आग्रह गर्दछ ।