arrow

नेपालबाट अनुमति नपाउँदा नेपाल–भारत पुल सञ्चालन भएन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1987452700.jpeg

बैतडी। नेपाली पक्षबाट अनुमति नपाउँदा दार्चुलामा नेपाल–भारत सीमा जोड्ने जौलजीवी झोलुङ्गे पुल पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।

भारतीय पक्षले नेपाललाई पुलमा आवतजावतका लागि अनुरोध पठाए पनि नेपाली पक्षले प्राविधिक मूल्याङ्कन अनुगमन नहुँदा आवतजावत गर्न नसकिने जनाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सहायक प्रजिअ विश्वामित्र कुइँकेलका अनुसार डोलिडार विभागअन्तर्गतको झोलुङ्गे पुल महाशाखाले निर्माण गरेको यो पुलको सम्बन्धित निकायबाट प्राविधिक अनुगमन भएको जानकारी आएपछि नेपाल र भारतबीच छलफल भएपछि पुल सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो – “डोलिडार विभागले गर्ने अन्तिम चेकजाँच गरेको छैन, चेकजाँचपछि मात्र सञ्चालनमा आउँछ ।”

अन्तिम चेकजाँच नगर्दा पुलमा कुनै दुर्घटना भए जिम्मेवार को हुने भनेर अनुमति नदिएको उहाँले बताउनुभयो ।

नवनिर्मित उक्त पुलको पारवाहन क्षमता एकपटकमा ४०० जनाको रहेको छ ।

विसं २०७० मा महाकाली नदीमा आएको बाढीले त्यहाँ रहेको पुल बगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ