लकडाउनमा नेविसंघद्धारा साङ्केतिक विरोध प्रदर्शन (भिडियोसहित)
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
307
Shares
काठमाडौं । लोकतन्त्रका निम्ति घातक २ वटै अध्यायदेश फिर्ता लिन सरकारलाई दवाब दिन शुक्रबार बिहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थलहरुमा ‘साङ्केतिक विरोध प्रदर्शन’ को निम्ति नेपाल विद्यार्थी संघको आव्हान अनुसार काठमाडौंको बबरमहलमा जिल्ला प्रशासन कार्यालय बाहिर मुल सडकमा प्रदर्शन भएको छ ।
नेविसंघ महामन्त्री युवराज पाण्डेयको नेतृत्वमा नेतृ निमा गिरि, विद्यार्थी नेता तपेन खड्का लगायत ५ जना मात्र जम्मा भएर सामाजिक दूरी कायम राख्दै लकडाउनका सबै नियमको पालना गर्दै १० मिनेटसम्म हातमा प्लेकार्ड तथा कालो झन्डा बोकी मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गरेको पाण्डेयले बताए ।