राज्य संयन्त्रको चरम दुरुपयोग गर्दै डा. सुरेन्द्रलाई काठमाडौं ल्याउनु निन्दनीय
प्रकाशित २०७७ वैशाख १५ सोमबार
730
Shares
काठमाडौं। कोभिड-१९को रोकथाममा सक्रिय डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा उनको निवासबाट कामाडौं ल्याईएकोप्रति नेपाल चिकित्सक संघको गंभिर ध्यानाकर्षण भएको जनाएको छ।
कोरोना संक्रमणको माहामारी चलिरहेको समयमा एक चिकित्सकलाई राजनितक स्वार्थ पुरा गर्नका लागि अपहरण शैलीमा ल्याईएको गैरजिम्मेवारी पनि हो।
‘नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सुरेन्द्र यादवज्यू कोभिड–१९ को रोकथामका लागि प्रदेश नंम्बर २ को उच्च स्तरीय स्वास्थ्य सल्लाहकार समितिमा रही काम गरिरहेको अवस्थामा उहाँको निवासबाटै अपहरणको शैलीमा काठमाडौं ल्याइएकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ।‘ प्रेस विज्ञप्ति मार्फत जनाईएको छ।
डा. यादव बाहालवाला सांसद र पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत हुनु भएको सबैमा विदितै छ । त्यसका साथै यो महामारीसँग युद्ध मैदानमा होमिएका जिम्मेवार चिकित्सकलाई राज्य संयन्त्रको चरम दुरुपयोग गर्दै एवं आधारभूत मानव अधिकारको मान्यता बिपरित मानसिक दबाब सिर्जना गर्दै अस्वाभाविक तवरबाट बन्दाबन्दीको समयमा अपहरणशैलीमा रातारात काठमाडौंमा ल्याइएको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको नेपाल चिकित्सक संघको ठहर छ विज्ञप्तिमा भनिएको छ।
यस्तो प्रकारको घटनामा संलग्नमाथी अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानून बमोजिम कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गरेको स्पष्ट पारेको छ।