arrow

कोरोना रोकथाममा सरकारले गरेको कामको कांग्रेसले गर्‍यो समिक्षा

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
nc-party-office.png

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरु बीच महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ l

कोरोना  भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यहरु बारे गहिरो समिक्षा र अहिलेको मितिमा अनिवार्य रुपले गरिनुपर्ने कार्यहरू बारे बैठकमा बिशेष छलफल भयो l

बैठकको शुरूवातमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहनु भएका स्वास्थकर्मि र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने धारणा राख्नु भयो l

छलफलका क्रममा आएका महत्त्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउंदै कार्यान्वयनका लागि नेपाली कांग्रेस माग गर्दछ l

१. लक डाउनले कोरोनासंग जुध्न वातावरण निस्चयनै निर्माण गर्‍यो तर लक डाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ l सरकारले आवश्यक गति बढाउनु पर्छ l

२. परिक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पिसिआर कै क्षमता र दायरा बढाइनु पर्दछ l

३. स्वास्थकर्मिहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिती छ l यतिको समय ब्यतित हुंदापनी अझै सामग्री पर्याप्त नहुंदा स्वास्थकर्मिहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेका छन् l तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ l

४. कतिपय बेला स्वास्थकर्मीहरुलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापुर्वक लिंदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ l

 ५. अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसंगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी छ l

 ६. अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ l उपचार कठिनाइ संगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जांदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अत औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ l

७. कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुंदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन् l अत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छ l



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ