arrow

लकडाउनमा घर फर्कने क्रममा वाग्मतीले बगाएर थिङको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
river.jpg

नारायणपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक  व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

  गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी  ४८ वर्षीय कालीबहादुर थिङ   सो अवस्थामा फेला परेका हुन् । 

मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । 

उनले भने, “ हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ