arrow

सांसद सुरेन्द्र यादव 'अपहरण ' को उजुरी सरकारी वकिल कार्यालयले पनि लिएन

अदालतमा उजुरी दिइने विकल्प मात्र बाँकी

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
Surendra-yadav.gif

काठमाडौं। प्रहरी परिसर टेकुले नलिएको सांसद अपहरणको उजुरी सरकारी वकिल कार्यालयले पनि लिन इन्कार गरेको छ। उजुरी गर्नेहरुको दुई विकल्प सकिएपछि अब जनता समाजवादीका नेताहरुले सिधै अदालतमा उजुरी दिने भएका छन्। 

यसअघी आइतवार अपरान्ह दुई घण्टाको प्रयासमा पनि प्रहरी परिसर टेकुले आरोपित अपहरणकारीहरुको बिरुद्धमा उजुरी लिन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफूहरुसँगै बाँकी रहेका दुई विकल्पहरु उपयोग गर्दै उजुरीको प्रयास गर्ने बताएका थिए। त्यसमध्येको एक सरकारी वकिल कार्यालयले पनि उजुरी लिन अस्विकार गरेपछि अब अदालत जाने विकल्प बचेको हो।  

अपहरणमा परेका भनिएका डा सुरेन्द्र यादव र नवगठित जसपाका नेतासहित उपेन्द्र यादव, राजेन्द्र महतो उजुरी लिएर गएपनि उजुरी नलिएको वरिष्ठ अधिवक्ता कृष्ण शर्माले बताए। उजुरी लिन नमानेपछि जसपाका कार्यकर्ताहरुले कार्यालय परिसरमा नारावाजी गरेका थिए।  

सांसद अपहरण गरेको घटना सरकारवादी मुद्दा बनेर अघि बढाउनुपर्ने भएपनि मूल्य मान्यता, विधिविधान, कानुन सबै लत्याएर कानुनी राजको उपहास भएको शर्माले बताए।  

उजुरी नलिएपछि जसपाका नेताहरू बुधवार सरकारी जिल्ला अदालत जाने तयारीमा छन्। 

उजुरी दिन गएका सांसद यादवले कानुन बमोजिम छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए। ‘हामीले दिएको जाहेरी सरकारी वकिलले पनि दर्ता गर्न मानेन,’ उनले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ