arrow

बाबुरामको बिरोध गर्न बबरमहल आउने नेकपाका कार्यकर्तालाई कस्ले दियो लकडाउन पास?

लकडकाउनको अवज्ञा गर्दै सयौं नेकपाका कार्यकर्ता बबहरमहलमा

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
youth-nekapa-against-babura.gif

काठमाडौं। सांसद अपहरणको उजुरी दिन गएका जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बिरुद्ध परिचालित नेकपाका यूवा विद्यार्थीहरुले उनीहरुलाई अबरोध गर्ने प्रयास गर्दै नारावाजी गरेका छन्। 

उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ सहितका नेताहरु सरकारी वकिलको कार्यालय बबरमहल पुग्दा नेकपाका यूवा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु जसपाका नेता डा बाबुराम भट्टराईको बिरोधमा चर्का नारावाजी गरेर बसेका थिए। उनीहरुले प्रहरी घेरालाई तोड्दै जसपाका नेता कार्यकर्ता बिरुद्ध जाइलाग्ने प्रयास पनि गरेका थिए। 

लकडाउनका बाबजुद सयौंका संख्यामा यूवा संघ र अखिलका नेता कार्यकर्ताहरुलाई नेकपाले बबरमहल उतारेको थियो। अन्य सर्वसाधारण झन कडा गरिएको भनिएको लकडाउनका कारण घरमै थन्किएर रहेको बेला नेकपाका सयौं कार्यकर्ता भने बबरमहलमा पुगेका थिए। उनीहरु कुन प्रयोजनका लागि कस्ले उपलव्ध गराएको पास लिएर त्यहाँ पुगे सरकारी वकिल कार्यालय पुग्ने सबै आश्चर्यमा परेका थिए। 

आफ्ना नेताहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बिरुद्ध सांसद सुरेन्द्र यादवको अपहरणको उजुरी दिन गएका उनीहरुले नेकपाको संगठित अवरोधको सामना गर्नुपरेको थियो। यद्यपी व्यापक मात्रामा परिचालित प्रहरीले यूवा संघ र अखिलका नेता कार्यकर्तालाई रोकेको थियो भने जसपाका नेताहरुलाई सुरक्षा प्रदान गरेको थियो। 

आफ्ना नेताका बिरुद्ध अपहरणको मुद्धा हाल्ने जसपाको प्रयासलाई काउण्टर गर्न उनीहरुले पनि भट्टराई बिरुद्ध साईबर क्राइम मुद्धामा उजुरी दिन प्रयास गरेका छन्। उनीहरुको उजुरी प्रहरीले लिएको थिएन। सरकारी वकिलको कार्यालयमा पनि उनीहरुको उजुरी लिइएन।  

प्रहरी परिसर टेकुले नलिएको सांसद अपहरणको उजुरी सरकारी वकिल कार्यालयले पनि लिन इन्कार गरेको हो। उजुरी गर्नेहरुको दुई विकल्प सकिएपछि अब जनता समाजवादीका नेताहरुले सिधै अदालतमा उजुरी दिने भएका छन्। 

यसअघी आइतवार अपरान्ह दुई घण्टाको प्रयासमा पनि प्रहरी परिसर टेकुले आरोपित अपहरणकारीहरुको बिरुद्धमा उजुरी लिन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफूहरुसँगै बाँकी रहेका दुई विकल्पहरु उपयोग गर्दै उजुरीको प्रयास गर्ने बताएका थिए। त्यसमध्येको एक सरकारी वकिल कार्यालयले पनि उजुरी लिन अस्विकार गरेपछि अब अदालत जाने विकल्प बचेको हो।  

अपहरणमा परेका भनिएका डा सुरेन्द्र यादव, नवगठित जसपाका नेतासहित उजुरी लिएर गएपनि उजुरी नलिएको वरिष्ठ अधिवक्ता कृष्ण शर्माले बताए। उजुरी लिन नमानेपछि जसपाका कार्यकर्ताहरुले पनि कार्यालय परिसरमा सरकार बिरुद्ध नारावाजी गरेका थिए। 

सांसद अपहरण गरेको घटना सरकारवादी मुद्दा बनेर अघि बढाउनुपर्ने भएपनि मूल्य मान्यता, विधि विधान, कानुन सबै लत्याएर कानुनी राजको उपहास भएको शर्माले बताए।  

उजुरी नलिएपछि जसपाका नेताहरू बुधवार सरकारी जिल्ला अदालत जाने तयारीमा छन्। 

उजुरी दिन गएका सांसद यादवले कानुन बमोजिम छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए। ‘हामीले दिएको जाहेरी सरकारी वकिलले पनि दर्ता गर्न मानेन,’ उनले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ