arrow

फरक मत राख्नेलाई महेश बस्नेतले दिए मनोवैज्ञानिक दवाव

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
mahesh-basnet1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले प्रतिपक्षी दलका नेता कार्यकर्ताहरुलाई मनोवैज्ञानिक दवाव दिन थालेका छन् ।

उनले आफू इतरका नेता कार्यकर्ताहरुलाई मनोवैज्ञानिक दवाव दिन फेसबुक म्यासेन्जरबाट मेसेज पठाउने घरमै मानिस पठाउने लगायत गरेर लामो समयदेखि दवाव दिन थालेको नेपाली कांग्रेसका नेता रामहरि न्यौपानेले बताएका छन् । 

न्यौपानेले कांग्रेसका अन्य नेताहरुलाई पनि आफूलाई जस्तै दवावपूर्ण सन्देश बस्नेतले पठाउने गरेको बताए ।उनले वाध्य भएर आफूहरु सामाजिक संजालमा बस्नेतले दिएको दवावबारे लेख्न पुगेको बताएका छन् । 

न्यौपानेले लेखेका छन्, ‘मित्र एवम् माननीय महेश बस्नेतजी, तपाईले मप्रति दिनुभएको जुन किसिमको मनोवैज्ञानिक त्रासदीयुक्त सन्देशको लागि धन्यवाद दिन चाहन्छु । तपाईको जुन सन्देशले लोकतान्त्रिक पद्दतिको कतै खिल्ली उड्दै त छैन ?’

उनले अगाडि लेखेका छन्, ‘विश्वको कुनै पनि लोकतान्त्रिक देशमा व्यक्तिको मौलिक हक, वाक् स्वतन्त्रता, मानव अधिकार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने जब प्रयत्न हुन्छ त्यहाँ अधिनायकवादी सोच र चिन्तनले ग्रसित, विचलित मानसिकताको उपज हो भन्ने नै ठहर्छ ।’

महेश बस्नेतलाई सम्झाउँदै फेसबुकमा न्यौपानेले बुधबार बिहान लेखेका छन्, ‘महेशजी तपाईलाई ३६ हजार मतदाताको विश्वास गर्नुहुन्छ भने तत्काल मानिसलाई त्रासदीयुक्त सन्देश दिने, अपमान गर्ने, धम्क्याउने जस्ता गतिविधि बन्द गर्न आग्रह गर्दै यस्तो गतिविधिप्रति घोर आपत्ति प्रकट गर्दछु । र म लोकतन्त्रमा विश्वास राख्ने एक प्राणीको हैसियतले तपाईको यस्तो सन्देशले रत्तिभर नडगमगाई अझ थप प्रेरित रहेको बताउन चाहन्छु ।’

न्यौपानेले अनुरोधसहित लेखेका छन्, ‘तपाईको जुन किसिमको आफूसंग असहमित हुने व्यक्तिसंगको जुन कुन्ठा छ यसले मलाई थप बल र उर्जा मिलेको छ । र तत्काल तपाईको यस्तो गतिविधिको घोर निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न अनुरोध गर्दछु ।’

नेकपाकै एक कार्यकर्ताले हाम्राकुरासंग भने, ‘उहाँले फेसबुक म्यासेन्जरमा कमेन्ट पठाउनु त सामान्य हो मान्छे नै घरमा पठाउनु हुन्छ यो त के नौलो भयो ।‘

यसबाट पनि अझ स्पष्टै हुन्छ कि महेश बस्नेत कसरी अरुलाई थर्काउँछन् । उनी आफू अझै पनि बिघटित युथ फोर्सको अध्यक्ष नै भएको धङधङी पालेको स्पष्टै हुन्छ ।’

बस्नेतले ९ दिनअघि (अप्रिल २० मा) फेसबुक मेसेन्जरमा सन्देश पठाएका थिए । उनले लेखका थिए, ‘मित्र रामहरिजी, बडिनै सक्रियता देखिदैछ तपाईको, अक्रोश र कुन्ठा पस्कन सोसियल मिडियामा । सुझाव र अलोचना स्वीकार्य छ तर अमर्यादित शब्द चयन गर्दै गरिने असभ्य र अस्लिल गालिगलोजले तपाई लगाएत योजना बनाएर लागेका तपाईका नेता कार्यकर्ता साथीहरुको हैसियत,क्षमता र सभ्यता प्रष्ट हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ