कोरोनाबारे नेता नेपालद्वारा चिनियाँ पार्टीका नेतासँग छलफल
रासस,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
674
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले आज कोभिड–१९ को सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भिडियो कन्फरेन्स गरेका छन्। आज दिउँसो उनले कोभिड–१९ को चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओसँग भिडियो कन्फरेन्स गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
छलफलमा नेता नेपालले चीनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अपनाइएको विधिका सम्बन्धमा कुरा गरेका थिए। करिब तीन घण्टा भएको छलफलमा नेपालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका गण्डकी प्रदेशबाहेकका सबै पार्टी प्रदेश इञ्चार्जहरु, चिकित्सक र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओसँगै प्रोफेसर झोङ नान सान, मेडिकल चिकित्सक तथा वैज्ञानिक सहभागिता रहेको थिए।