arrow

संकटको बेला बिभाजनको रेखा कोर्नु देश र जनताप्रतिको धोकाधडी हो : शशांक कोइराला

कोरोनासँग बच्ने तरिकाको बारेमा भिडियो जारी गरि दिए टिप्स

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
sasanka-koirala-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संकटको बेला बिभाजनको रेखा कोर्नु मुर्खता मात्र नभई देश र जनताप्रतिको धोकाधडी हुने बताएका छन्। महामन्त्री कोइरालाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै बिहिवार एक भिडियो संदेश जारी गरी संकटको बेला बिभाजनको रेखा नकोर्न आग्रह गरेका छन्।

महामारीका कारण देशको सिमाना तथा बिभिन्न ठाँउमा समस्यासँग जुध्दै अड्किएका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति पार्टी तथा व्यक्तिगत रुपमा आफू निक्कै चिन्तित भएको उल्लेख गर्दै कोइरालाले संदेशमा भनेका छन्, ‘ दैनिक ज्यालादारी मजदुर, गर्भवति, दिर्घ रोगी, असक्तहरुले भोग्नु परेको समस्याले चिन्तित छु।

‘उनले यस्ता समस्याहरुको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको समेत बताए। संकटको घडीमा पार्टीगत स्वार्थ भन्दा माथि उठेर जनताका साझा समस्यामा एकताबद्ध भएर जुट्नु पर्ने उनले बताए।  कोइरालाले यो बिपदको बेला स्वास्थ्यकर्मी सहित अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरुलाई धन्यवाद समेत दिए।

नेत्र विशेषज्ञ भएपनि चिकित्सकिय पृष्ठभूमी भएका कोइरालाले भिडियोमा कोरोना संक्रमणसँग जुध्ने तरिकाको बारेमा बताएका छन्। सहज ढंगबाट कोरोना महामारीसँग जुध्ने तरिकाको बारेमा कोइरालाले भिडियो जारी गरि दिएको टिप्स सामाजिक संजालमा हेरिन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ