प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग संवाद
रासस,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
1k
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बझेका छन्।प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गरेका छन्। “आज मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे”, प्रधानमन्त्रीले ओलीले ट्वीटरमार्फत भनेका छन्, “उहाँले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो।”
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा बुझिरहेका छन्।
Today, I had fruitful conversation with HE @PresidentRuvi of Israel over telephone. We exchanged views on fighting Covid -19 and protecting people, ensuring their wellbeing and reviving economies. I thank him for the protection and care provided to Nepali people living in Israel.