arrow

प्रधानमन्त्रीको ओलीको राजिनामा माग्दै चितवनमा राँके जुलुस (भिडियो सहित)

सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेको दावी

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
nsu-chitwan-fire-protest.gif

चितवन। नेपाल विद्यार्थी संघ चितवनले सरकारको बिरोध गर्दै बिहिवार साँझ मसाल भरतपुरमा जुलुस निकालेको छ। कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन गरेको समयमा सरकार भने राजनीतिक दाउपेचमा लागेको तथा भ्रष्टाचार गरेर अकुत कमाउन लागेको भन्दै नेबिसंघले राँके जुलुस निकालेको हो। सरकारकले भनेको सामाजिक दुरी कायम गर्दै नेबिसंघले राँके जुलुस निकालेको नेबिसंघ चितवनका नेता परमेश्वर खनालले बताए।

भरतपुरको कोरोना अस्पतालमा भएको अनियमीतता र सांसद अपहरण जस्ता विषयमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको नेबिसंघको आरोप छ। भरतपुर महानगरपालिका वडा नम्बर १० को नहरचोकबाट निस्किएको मसाल जुलुस बिशालचोक पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेबिसंघ नेता खनालले सरकारले जनतालाई बिश्वास घात गरेको आरोप लगाए। सरकार अहिले संकटको घडीमा राजनिति गरेर बस्न चाहेको भन्दै उनले बर्तमान प्रधानमन्त्रीको राजिनामा मागे।

भरतपुरमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालमा भएको अनियमितता र चोरीको घटनाको सत्य तथ्य छानबिन गर्न समेत नेबिसंघले माग गरेको छ। नेबिसंघ चितवनका बिद्यार्थी नेताहरु कृष्ण वगाले, बसन्त गैरे, राजेश भूषाल लगायतले सरकारको बिरोध गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ