arrow

थपिए दुई कोरोना संक्रमित, पुग्यो ५९

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को संक्रमण भेटिएको जनाएको छ । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५  र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जानकारी दिए । 

उनले ती  दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको  बताए। 
 
नेपालमा संक्रमितको सङ्ख्या ५९ पुगेको छ भने संक्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ