सुजाता कोइरालाले मागिन् महिलाका पछिल्ला जल्दाबल्दा विषय र विचार
प्रकाशित २०७७ वैशाख २१ आइतबार
1k
Shares
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन देशमा लकडाउन रहेको छ । चैत ११ देखि जारी लकडाउन बैशाख २५ गतेसम्म निरन्तर जारी रहेको छ ।
सरकारले अवस्था हेरेर लकडाउनलाई व्यवस्थित गर्ने जनाएको छ । लकडाउनकै अवस्थामा रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले यो समयमा महिलाका विषयहरु समेटेर महिला नेतृहरुसंग आफ्नो विचार साझेदार गर्दैछिन् ।
उनले आइतबार महिला विषयमा छलफल गर्दैछिन् । त्यसका लागि उनले शनिबारै सबैसंग अहिलेका महिलाका जल्दाबल्दा विषय मागेकी छिन् । आफ्ना विचार राख्न सामाजिक संजाल फेसबुकमा अनुरोध गरेकी हुन् ।
नेतृ कोइरालाले मागेका विषयमा धेरैजसोले महामारीका क्रममा महिलाहरु पीडित बनेका विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।
कसैले लकडाउनमा घरायसी कामको बोझ महिलालाई बढी भएको विषय उठाइएको छ भने लकडाउनका समयमा महलिाविरुद्ध हुने हिंसा, बलात्कार लगायतका घटना बढेको पनि बताइएको छ ।
महिलाहरुलाई घरेलु हिंसाले हैरान पारेको र यसबारेमा बोल्न पनि सुझाइएको छ । कानुनको प्रभावकारी पालनामा समेत जोड दिइएको छ ।