arrow

सुरेन्द्र यादवलाई पच्छ्याउँदै महेश, किसान र सर्वेन्द्र, आयोगमा पुगे उजुरी दिन

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
sarbendra-kishan-mahesh.jpg

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सांसद अपहरण जस्तो गम्भीर झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको भन्दै नेकपाका दुई सांसद र पूर्वआइजीपी उजुरी दिन मानवअधिकार आयोग पुगेका छन् ।

जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई लगायतका नेताहरुले आफूहरुलाई हुँदै नभएको आरोप लगाएर मानवअधिकार हनन गरेको भन्दै सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ एवं पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल आयोग पुगेका हुन् ।

जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप तीनजनामाथि लागेको छ। सांसद यादवले जसपाका नेताहरुसँग मिलेर आफू बिरुद्ध अपहरण गरिएको बताउँदै प्रहरीकहाँ अपहरणको उजुरी दिन खोजे पनि प्रहरी र सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन। 

अपहरणको झुटो आरोप लगाएर आफूहरुको मानहानी गरेको भन्दै बस्नेत श्रेष्ठ र खनालले सत्यतथ्य छानविन गर्न आयोगसँग माग गरेका हुन्।

डा यादव जहाँ जहाँ उजुरी गर्न पुग्छन तीनजनाको टोली पनि सोहि ठाउँमा प्रतिवाद गर्दै उजुरी दिन पुग्दै आएको छ। आयोगमा आफै पुगे पनि अन्य दुई ठाउँ प्रहरी परिसर टेकु र सरकारी वकिलको कार्यालयमा भने कार्यकर्ताहरु लगाएर तीनजनाले डा बाबुराम भट्टराई र सुरेन्द्र यादव लगायत बिरुद्ध उजुरी दिन खोजेका थिए।

डा यादवको उजुरी नलिएको ति दुवै निकायले उनीहरुको पनि लिएको थिएन। मानवअधिकार आयोगमा भने दुवै पक्षको उजुरी परेको छ। 

यसअघि सांसद यादवले आफ्नो अपहरणमा संलग्नलाई कार्वाहीकव माग गर्दै मातहतका निकायलाई निर्देशन दिन माग गर्दै उजुरी दिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ