arrow

यसरी सम्झिए नारायण पोखरेललाई डा चन्द्र भण्डारीले 

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
narayan-pokharel.jpg

काठमाडौं । वाचन शिरोमणि नारायण पोखरेलको हत्या भएको मंगलबार १५ वर्ष भएको छ । तत्कालीन सशस्त्र विद्रोही माओवादी (हाल माओवादी केन्द्र हुँदा सत्तारुढ दल नेकपा) ले नेपाली समाजका आध्यात्मिक जागरणकर्ता, शैक्षिक एवम्  सामाजिक संंघसंस्थाका प्रवर्धक, जातीय समाजको विभाजनको अन्त्यका लागि लागेका धर्म र संस्कृतिका संरक्षक पोखरेलको नृशंस हत्या गरेको थियो । 

१५ औं स्मृतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘आज पनि मठमन्दिरदेखि घरघरसम्म उहाँकै प्रवचन समाज सुधारका लागि धार्मिक चेतना बनेर घन्किएका हुन्छन् । भौतिक शरीरलाई अन्त गर्न सकिँदो रहेछ तर कर्मको अन्त हुँदोरहेनछ भन्ने एउटा सबैले बुझ्ने उदाहरण  पं नारायण पोखरेल हो । उहाँको हत्या किन गरिएको थियो र कसको निर्देशनमा भएको थियो ? स्वार्थ के लुकेको थियो ? अझै पनि प्रश्न अनुत्तरित छ ।’

भण्डारीले भनेका छन्, ‘राष्ट्र र जनताको हितको नाममा गरिएको माओवादी युद्ध आज कुन दिशामा छ ? सामाजिक अन्धविश्वास र रूढिबुढीको अन्त्यका लागि लागेका विलक्षण प्रतिभाका धनी श्री श्री नारायण पण्डित जस्ता निरपराध र समाजसेवीको हत्या गरिएको माओवादी युद्ध के का लागि विनाश ? केका लागि नया न्वारन गरिएको नेपाल कम्युनिष्ट पार्टी ? हरेक प्रश्न केवल प्रश्न बनेका छन् । उत्तर दिने निकाय मौन छन् ।

डा भण्डारीले माओवादी नेतृत्व र अहिलेको नेकपामाथि पनि प्रश्नचिन्ह खडा भएको छ । 

उनले लेखेका छन्, ‘तिम्रो हत्याबाट सामाजिक, धार्मिक न्याय खोजेका नेता अहिले नयाँ नाममा घेरै जसो ठूलो संख्यामा नेपालका कोरोना बनेका छन् । यिनी भित्रको आपसी द्धन्द्ध र विभाजनले देशविदेशका सबै नेपाली आक्रान्त छन् । अहिले पनि नेपाली समाजको मन मस्तिष्कमा रहेका र भविष्यमा पनि सदैव रहिरहने वाचन शिरोमणि नारायण पोखरेलप्रति नमन, हार्दिक श्रद्धासुमन ।।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ