arrow

प्रधानमन्त्रीको छिमेकमा लकडाउन छैन मदिरा पार्टी छ

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
lockdown-party-baluwatar.gif

काठमाडौं। यो दृश्य तथा तस्विर हामीले कसैको व्यक्तिगत स्वतन्त्रता हनन गर्ने वा कसैलाई अपमानित गर्ने आशयले यहाँ सार्वजनिक गरेका छैनौ। बरु सामाजिक संजालमा सार्वजनिक भएको तस्विरलाई लिएर केहि प्रश्न गर्ने जमर्को गरेका छौं। 

खासगरि सामाजिक संजाल इन्स्टाग्राममा लकडाउनकै बीचमा अनेक तस्विरहरु देख्न पाइएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारको उत्तरतर्फको एक रेष्टुरेण्ट पउलिन गार्डेनको यो यस्तै तस्विर र दृश्य हो। 

देश पुरै लकडाउनमा रहेका बेला अत्यावश्यक सेवा बाहेकका सबै सेवा तथा व्ययवसाय बन्द रहेका छन्। अत्यावश्यक सेवाका मानिसहरु बाहेक सबै घरमा नै रहेका छन्। वैठकहरु धेरैजसो डिजीटल हुन थालेका छन्। प्रधानमन्त्री निवासमै भएका वैठक पनि सामाजिक दुरी सहितको हुन्छ। 

तर प्रधानमन्त्रीको सरकारी निवासको प्रधानमन्त्री निवासको गेट नम्वर १को अगाडीबाट ४० मिटरको दुरीमा रहेको छिमेकी सो रेष्टुरेण्ट भने सामाजिक दुरीको धज्जी उडाउँदै पार्टी गर्नमा व्यस्त रहेको छ। सोहि रेष्टुरेण्टमा आएका एकले उनको इन्स्टाग्राममा पोष्ट गरेको यो भिडियोमा केहि यूवायूवती लकडाउन पार्टीमा रमाइरहेका छन्। 

कोरोना संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले सामाजिक दुरी कायम गर्न सचेत गराइरहेको छ। देशमा सरकारी तथा विभिन्न तहबाट सामाजिक दुरी कायम गर्न सन्देशहरु जारी भइरहेका छन्। तर यि र यस्ता केहि व्यक्तिहरु ति सुझाव र निर्देशनलाई धज्जी उडाउँदै यस्तो पार्टी गर्न रमाइरहेका छन्। मानौ कोरोना कालपछि भेट नै हुँदैन झै गरि।  

प्रधानमन्त्री निवासकै छेउमा लकडाउनकै बेला यस खालको गतिविधी भएको बारेमा स्थानिय प्रहरी पनि वेखबर झै देखिएको छ। सामाजिक दुरी कायम नगर्दा कोरोना संक्रमण हुनसक्ने खतरा सबैभन्दा रहने तथ्यलाई नजरअन्दाज गर्दै गरिएको यो कार्यको स्थानियहरुले बिरोध गरेपनि यस बारेमा स्थानिय प्रहरीले चासो नदेखाएको स्थानियको गुनासो छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ