arrow

प्रधानमन्त्रीज्यू तपाँईका मन्त्री मोती दुगडलाई कस्ले सिकाउने सामाजिक दुरी के हो भनेर ?

कोरोनाको कहरमा मन्त्री दुगडलाई पार्टी र भोजमा भाग लिन भ्याई नभ्याई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
moti-lal-dugar-state-minister.jpg

काठमाडौं। देश यतिखेर कोरोना संकटले लकडाउनमा छ। सरकारले नै लकडाउनका बेला अत्यावश्यक काम परेका बाहेकलाई घर बाहिर ननिस्कन आदेश जारी गरेको छ। कोरोना सक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र विभिन्न संघ संस्थाहरु कम्तिमा एक मिटरको दुरी कायम गर्ने गरि सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयको तर्फबाट यस किसिमको सचेतनामूलक सन्देश प्रकाशन र प्रसारण भइरहेको छ। सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम र एनसेलले सामाजिक दुरी कामय गर्ने लगायतका सन्देशहरु प्रत्येक फोनमा सुनिने व्यवस्था गरेको छ।

तर यि सबै कुराको असर प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलका एक सदस्यलाई नपरेको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली वैठक गर्दा सामाजिक दुरी कामय गर्दै वैठक गरिरहेका छन्। भेटघाटमा मास्क लगाउने गरेको प्रायस सबै तस्विरमा देखिन्छ। तर उनकै सरकारका उद्योग राज्यमन्त्री मोती दुगड भने सरकारी आदेश र निर्देशनको खिल्ली उडाउँदै कोरोनाबाट बच्नका लागि जारी गरेको सन्देशको अवज्ञा गर्न लागिपरेको देखिएको छ। दुगडलाई लकडाउन आफनो प्रभाव देखाउने अवसर जस्तो मात्र भएको छ। यतिखेर उनी पार्टी चरोजस्तो हरेक रात पार्टी र भोजमा गएर सरकारी निर्देशनको खिल्ली उडाउनमा व्यस्त रहेका छन्। भेटघाट नै गर्नुपर्दा पनि सामाजिक दुरी कायम गरेर दिइएको सल्लाहलाई समेत दुगडले कुल्चेर हिडेका छन्। दुगडले सरकारी नियमको धज्जी उडाएर मदिरा पिउन भएको एक जमघटको तस्विर हाम्राकुराले पाएको छ। 

कहाँ थियो मदिरा सहितको दुगडको जमघट ?
गत विहिवार मोति दुगड सोल्टी होटल पछाडी यस्तै एक पार्टीमा पुगेका थिए। सोल्टी होटल पछाडी रहेको बिरेन्द्र हिरावतको घरको पार्टीमा राज्यमन्त्री दुगडले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको सबै प्रोटोकल मिचेर मदिरा सहितको जमघटमा उपस्थित भएका थिए। जन्मदिनको पार्टी थियो हिरावतको नै। देश लकडाउनमा परिरहेको बेला हजारौं नागरिक सडकमा खाना नपाएर हिडिरहेको बेला देश विदेशमा यस्ता जन्मदिन धेरैले मनाएका छैनन्। मनाउनेहरुले पनि सामाजिक काममा खर्चिएर मनाएका छन्। तर हिरावतलाई यस्तो संकटमा पनि वर्थडे आफ्ना साथी दुगडलाई वोलाएरै गर्न मन लाग्यो। उनले आफ्ना केहि मित्रहरुलाई पनि बोलाए। नभन्दै ३०-४० जना पार्टीमा जम्मा भए। यि कसैलाई पनि सोल्टी पछाडीको हिरावतको घरमा आउन सरकारी पासको खाँचो परेन। सबैले कहि न कहिबाट पास निकालेकै थिए नपाउनेहरुलाई मन्त्रीजीले व्यवस्था गराइदिए। सबै साँझको रमझममा विना रोकतोक पुगे।    

विशाल वजार, सीटी सेन्टर, लविम मल लगायतका मलहरुमा व्यवसाय गर्दै आएका हिरावतको वर्थडेमा दुगडका अतिरिक्त मेरियट होटलका साहु एवं रिलायन्स इन्डस्ट्रीजका मालिक शशीकान्त अग्रवाल पनि आएका थिए। जस्को होटलमा तत्कालिन समाजवादीका सांसद डा सुरेन्द्र यादव ‘अपहरण’ गरेर राखिएको थियो। एउटै कोठामा बसेर वर्थ डे सेलिब्रेसन गरेका उनीहरु मध्ये १३ जनाले मदिरा सहित तस्विर समेत खिचाएका थिए।

के गर्दैछन मोती आजकल ?
नेकपाबाट सांसद हुँदै मन्त्री भएका मोती दुगड अहिले मारवाडी समुदायलाई नेकपाको नेतृत्वसँग पुर्‍याउने माध्यम भएका छन्। पार्टी लागि कोष व्यवस्थापनमा पनि उनी सक्रिय रहेको एक मारवाडी समुदायकै व्यवसायी बताउँछन्। विगतमा भुकम्पको बेलामा खाद्यान्न सामग्रीमा मिसावट गरि भ्रष्टाचार गरेका व्यवसायी केएल दुगडको केस मिलाउन यिनै मोती लागेका थिए। त्यतिखेर एक बर्षसम्म फरार रहेका के एल दुगडको केस मिलाए वापत यिनै मोतीले के एल रेसिडेन्सी सानो गौचरनमा एक फ्ल्याट गिफ्ट के एल समुहको तर्फबाट पाएको चर्चा अहिले पनि मारवाडी समुदायमा छ। मोतिको अफिस अहिले पनि त्यहि रेसिडेन्सीमा छ। मोतीको सेन्चुरी मसलाको कार्यालय अहिले पनि त्यहि छ। के एल र यिनको थर मिले पनि नाता भने केहि पनि नपर्ने उनी निकटकै एक व्यवसायीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ