arrow

पत्रकार पवन यादवमाथि सांघातिक आक्रमण, अनुहारमा चोट

संचार सामग्री पनि फोडियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
pawan-yadav.gif

बारा। बाराका पत्रकार पवन यादवलाई अराजक समुहले कलैयामा सांघातिक आक्रमण गरि घाइते बनाएका छन्। तराई मधेश दैनिकमा आवद्ध पत्रकार यादव सदरमुकाम कलैयाबाट काम सकेर कलैया उमहानगरपालिका १६ उत्तरजीतगैयाँस्थित घर जाने क्रममा वडा नं २ हनुमान मन्दिरमा आक्रमणमा परेका थिए।  

कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुरका केहि अराजक यूवाहरुले पुजारीलाई दुर्व्यवहार गरेको देखेर सम्झाउन मोटरसाईकलबाट झरेका यादवलाई उल्टै उनीहरुले आक्रमण गरेका थिए। 

४ जनाको समुहमा रहेकाहरुले आफूलाई अन्धाधुन्द आक्रमण गरेको यादवले बताए। अनुहार र शरीरका विभिन्न भागमा नीलडाम र चोट भएका यादवले भने, ‘हेलमेट लगाएका कारण अझ टाउकोमा धेरै चोट लाग्न पाएन। ‘

आक्रमणकारीहरुले उनको साथमा रहेको क्यामेरा र ल्यापटप पनि फोडिदिएका छन्। उनको कलैया अस्पतालमा उपचार भएको छ। 

आक्रमण हुन थालेपछि यादवलाई अन्य स्थानियले बचाएका थिए। लगत्तै आक्रमणकारीहरु फरार भएका छन्। 

स्थानियहरुले दिएको हुलियाको आधारमा प्रहरीले उनीहरुको खोजी शुरु गरेको जनाएको छ।     

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकार यादवमाथि आक्रमण गर्नेलाई तत्काल खोजी कार्वाही गर्न प्रहरीसँग माग गरेका छन्।

शिवाकोटीले संकटको बेलामा पनि फ्रन्टलाइनमा बसेर काम गरिरहेका पत्रकारहरुलाई आक्रमण गर्ने अराजकहरुलाई कार्वाही गरि पिडितलाई क्षतिपूर्ती दिलाउन पनि माग गरेका छन्। 



नयाँ