arrow

प्रहरी जवानको रहस्यमय मृत्यु ,सोमबार राति निस्किएका थिए पेस्तोल र गोलीसहित

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
dead2.jpg

सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ ।  प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहिन थिए ।
 
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले बुधबार बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए । 

प्रहरी जवान खड्का सुर्खेतकै रानीवासका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ