arrow

नेपालमा कोरोना संक्रमित फेरि बढे, संख्या अढाइ सय पुग्यो 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
covid-test-positive-corona.jpg

सम्पादितः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ः४५ बजे प्रेस विज्ञप्ति जारी गरी संक्रमितको संख्या २५० पुगेको बताएको थियो । तर मन्त्रालयले बिहान १०ः१५ बजे अर्को विज्ञप्ति जारी गरी २४५ नै रहेको बताएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ‘प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु’ भनी विज्ञप्ति जारी गरेका छन् । 

यसअघिको समाचार तल जस्ताको तस्तै

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या अढाइ सय पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार बिहीबार बिहानै ७ जनामा कोरोना भाइरस भएको पुष्टि भएसंगै संख्या २५० पुगेको हो ।

संक्रमितमा काठमाडौं चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना देखिएको थियो । त्यस्तै सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुष रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । 

स्वास्थ्य मन्त्रालयलाई कोरोनाको संख्या बढाउने हतार, भयो यस्तो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ