-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बर्दिया । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट बिहिबार बिहान एक युवती फरार भएकी छन् ।
उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो ।
काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।
विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् ।
तीमध्ये चार पुरुष र एक महिला थिए ।
निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।