arrow

प्रहरी शौच गर्न गएको मौका छोपी युवती क्वारेन्टाइनबाट भागिन्

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
quranine.jpg

बर्दिया । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट बिहिबार बिहान एक युवती फरार भएकी छन् । 

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो । 

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।

  विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र  छन् ।

 तीमध्ये चार पुरुष र एक महिला थिए । 

निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ