लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक : भारतले कूटनीतिक वार्ता टार्न नहुने
प्रकाशित २०७७ जेठ २ शुक्रबार
618
Shares
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रेमकृष्ण पाठकले नेपालको भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक निर्माण गरेकामा निन्दा व्यक्त गर्दै भारतले कूटनीतिक वार्ता टार्न नहुनेमा जोड दिएका छन्।
तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष पाठकले आज विज्ञप्ति जारी गरी नेपाली भूमि अतिक्रमित गर्ने भारतको सो कार्यले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमानमाथि प्रत्यक्ष आघात पु¥याएको उल्लेख गर्दै सुुगौली सन्धि र महाकाली, कोशी, गण्डकी आदि सन्धिसमेत असमान रहेकाले त्यसमा संशोधन हुनुपर्ने जनाएका छन् ।
नेता पाठकले नेपाल सरकारले कूटनीतिक वार्तामा आउन गरेका आग्रहलाई भारतले टार्न नहुने र अतिक्रमित भूमि रक्षाका लागि देशभित्रका सबै पक्षलाई एकताबद्ध हुन पनि जोड दिएका छन्। नेपालको पञ्चशीलको सिद्धान्तअनुसार दृढतापूर्वक वार्तामा बस्न र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन सबै बुद्धिजीवी र सचेत वर्गलाई समेत आग्रह गरेका छन् ।