arrow

आज कतिबेला छ शुभबेला, कतिबेला अशुभ, जान्नुस् समय  

आजको राशिफलसहित

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ जेठ ४ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ जेठ ४ गते आइतबार, इस्वी संवत मे १७ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठ कृष्णपक्ष बछलागा चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठ कृष्णपक्षको दशमी तिथि २१ घडि ५६ पला अर्थात् दिनमा २ बजेर २ मिनेटसम्म त्यसउप्रान्त एकादशी तिथि लाग्नेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा बब, आनन्दादि योगमा चर रहनेछ । 

सूर्य वृष राशिमा, चन्द्रमा बिहान ९ बजेसम्म कुम्भ राशिमा त्यसपश्चात् मीन राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३३ घडि ४६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रही बिहान ठीक ५ बजेर १६ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४६ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः सरकारी कर्मचारीमा घुस मागिने सम्भावना बलियो छ । इृष्टमित्रसंग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा कुनै प्रकारको गडबढी हुन सक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले सतर्क हुनुहोला ।    

वृषः समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ ।

मिथुनः समय मध्यम खालको छ । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक सङ्घ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकार एवम् होटल व्यवसाय लगायतमा संलग्न हुनुहुन्छ अथवा तपार्इं गाडी चालक हो भने निश्चित रूपमा आज फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने देखिन्छ ।

कर्कटः समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसंग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानीमात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।

सिंहः समय शुभ छैन । आफ्नै व्यक्तिसंग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ खानपानमा विशेष ध्यान पु-याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

कन्याः समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको विचार विमशर्, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारको लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला ।

तुलाः आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

वृश्चिकः विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ ।

धनुः समय अत्यन्तै खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता, लेनदेन जग्गा जमीन सम्बन्धी कार्यमा विवाद, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् ।

मकरः स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुनेछ । नयाँ पुराना सबै मित्रसंग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ । 

कुम्भः स्वास्थ्य एक्कासी समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्नेछ र आँखामा एक्कासी समस्या देखिन सक्छ, घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ, तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ ।

मीनः धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साइतः आज पनि चन्द्रमा बिहान ९ बजेसम्म कुम्भ राशिमा त्यसउप्रश्चात् मीन राशिमा प्रवेश गर्नेछ । त्यसैले बिहान ९ बजेसम्म पूर्व र दक्षिण त्यसपश्चात् उत्तर बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज आइतबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१६ बजेदेखि         ६ः४६ बजेसम्म        उद्वेग बेला
बिहान ६ः४६ बजेदेखि         ८ः१६ बजेसम्म        चर बेला
बिहान ८ः१६ बजेदेखि         ९ः४६ बजेसम्म        लाभ बेला
बिहान ९ः४६ बजेदेखि        ११ः१६ बजेसम्म        अमृत बेला
दिउँसो ११ः१६ बजेदेखि        १२ः४६ बजेसम्म        काल बेला
दिउँसो १२ः४६ बजेदेखि      २ः१६ बजेसम्म        शुभ बेला
दिउँसो २ः१६ बजेदेखि        ३ः४६ बजेसम्म        रोग बेला
दिउँसो ३ः४६ बजेदेखि        ५ः१६ बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ