सिमा मिचिएको जिल्लामा कांग्रेस भातृसंगठनहरुको प्रदर्शन (भिडियो)
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ ४ आइतबार
523
Shares
दार्चुला । भारतले दार्चुलाको कालापानी, लिपुलेक, लिम्पीयाधुरा अतिक्रमण गरि सडकसमेतको उद्घाटन गरेपछि आन्दोलित बनेका कांग्रेसको भातृसंगठनहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।
आइतवार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल महिला संघले सयुक्त रुपमा प्रदर्शन गर्र्दै सरकारले तत्काल भारतसंग कुटनितिक पहल गर्नुपर्ने माग राख्दै एक घण्टा जिल्ला प्रशासन अगाडी धर्ना दिएका हुन् । चारवटै भातृ संगठनहरुद्धारा राष्ट्रियता तथा भुमि मिचिएका गितहरु बजाउदै प्रशासन अगाडी १ घण्टा धर्ना दिइएको हो ।
नेपाली भूमिमा भारतले सडक बनाई उद्घाटन गरि सक्दासम्म कानमा तेल हालेर बस्ने सरकारविरुद्ध भातृसंगठनहरुले रोस प्रकट गरेका छन् । साथै उनीहरुले आफूहरुको आन्दोलन सांकेतिक भएको जनाउदै नेपाल सरकारसंग मिचिएको नेपाली भूमि अविलम्व फिर्ता गर्न प्रभावकारी कुटनैतिक पहल थाल्न माग गरेका छन् । नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी मिच्न नहुने भन्दै राष्ट्रियताको मुद्धामा एकताबद्ध भई बर्तमान सरकारले तत्काल भारतसंग कुटनितिक पहल गर्नुपर्ने प्रदर्शनमा सहभागि नेपाल विद्यार्थी संघका अध्यक्ष रमेश भट्टले बताए ।
कोरोनाको सन्त्रास बिच उनीहरुले सामाजिक दुरी कायम गर्दै हात हातमा प्लेकार्ड बोकेर भारतीय हस्तक्षेप र मौन बसेको नेपाल सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । यसअघि उनीहरुले संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।
धर्नामा बसेकाहरुले ‘लिपुलेक र कालापानी हाम्रै हो’ ‘दार्चुला टिंकर सडक किन अलपत्र पारेको दुर्त गतिमा निर्माण गर, व्याँस जाने घोरेटो बाटो निर्माण गर, व्याँसीहरुको कुन्चा व्यवस्थापन गर, कुटनितिक पहल गरि त्रिदेशिय वार्ता गर, फस्ट पर्शन नोट पठाउ—थर्ड पर्शन नोटले हुदैन् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।