arrow

बालिकाहरुको भिडियो बनाउने समुहको फरार चौथो व्यक्ति बब्लु शेख पक्राउ  

आरोपितहरुलाई उन्मुक्ति दिनेगरि मुद्धा अघी बढाइएकोमा जिल्लामा बिरोध

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ ७ बुधबार
bablu.jpg

पर्सा। लकडाउनको मौका छोरी आदर्शनगरको चित्रलेखा स्टुडियोमा बालिकाहरुलाई प्रलोभनमा पारी सेक्स भिडियो बनाउने समुहको एक फरार अभियुक्तलाई पर्सा प्रहरीले बुधवार पक्राउ गरेको छ। 

प्रहरीले चित्रलेखा स्टुडियोका मालिका सहित ३ जनालाई पक्राउ गर्दा फरार रहेका बब्लु शेख भन्ने सलाउद्धिन अलीलाई प्रहरीले बुधवार राती पक्राउ गरेको हो।

सलाउद्धीन अली लभ जेहादमा पनि सलग्न रहि आएको र प्रहरीले उनलाई अवैध गतिविधीमा संलग्न रहेको आरोपमा यसअघी पनि पटक पटक नियन्त्रण लिदै आएको छ। 

गरिव परिवारका बालिकाहरुलाई प्रलोभनमा पारी उनीहरुको सेक्स भिडियो बनाउने आरोपितहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरुलाई मंगलवार सार्वजनिक मुद्धा चलाएको थियो।

बालबालिकालाई यौनजन्य कार्यमा लगाउनेहरु बिरुद्ध समेत प्रहरी कडाईका साथ पेश नभएको भन्दै स्थानिय महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी प्रमुखको चर्को बिरोध गरेका थिए।   

यो विषयमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसम्म पनि चर्चा भएपछि प्रहरी आज रक्षात्मक भएको थियो। अझ महिला नै जिल्लाको प्रहरी प्रमुख हुँदा समेत अभियुक्तहरुलाई उन्मुक्ती दिनेगरि कार्वाही प्रक्रिया अघी बढाइएकोमा जिल्लामा सर्वत्र आक्रोश देखिएको छ।

मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अन्तर्गत करणी सम्बन्धी कसुरको दफा २१९ मा १८ वर्ष भन्दा मुनीका बालिकालाई सहमतिमा पनि शारिरीक सम्बन्ध राखेपनि जर्बरजस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ ख मा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कमको बालिका भएमा १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरिएको छ । 

करणी सम्बन्धी कसुरको दफा २२५ मा बाल यौन दुरुपयोग नहुने अन्तर्गत ३ को धारा दुईमा कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा बाल यौन दुरुपयोग भएको स्पष्ट उल्लेख छ । जस अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना उल्लेख छ । तर प्रहरीले यो ऐनको प्रयोग नगरि सार्वजनिक अपराधको मुद्धा चलाएको हो। 

प्रहरीले यहि रक्षात्मक अवस्थामै फरार अभियुक्त बब्लुलाई पक्राउ गरेको छ। यसअघी नै बालिका तथा किशोरीहरुलाई प्रयोग गरि धन्दा चलाएको आरोपमा प्रहरीले सोमबार स्डुडियो संचालक बैजु प्रजापति सहित वादल जैसवाल र मनिष मिश्रालाई नियनत्रणमा लिएको थियो। उनीहरुसँगै जनकपुर घर भइ रानीघाट बस्ने ११ र १३ बर्षका दुई बालिकाहरुलाई प्रहरीले लगेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ