arrow

नेपालमा कोरोना संक्रमित ४४४ पुगे, १७ नयाँ थपिए

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४४ पुगेको छ । बिहीबार बिहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ १७ जना थपिएका हुन् । 

झापाको कचनकवल गाउँपालिकाका १५ जना, सुनसरीका एक जना र धनकुटाका एक जना थपिएको मन्त्रालयले जनाएको छ ।

कचनकवल गाउँपालिका ३, ६ र ८ वडा निवासी १८ देखि ४६ वर्ष उमेरका पुरुषहरु रहेको पनि बताइएको छ । 

त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला संक्रमित थपिएका छन् । 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

बिहीबार बिहान ६ः५० बजे अध्यावधिक गरेको मन्त्रालयले प्रेस विज्ञप्ति भने आफ्नो पेजमा ८ः४८ बजेमात्र पोष्ट गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ