प्रधानमन्त्रीका आडमा स्काउटका आयुक्त लोक बहादुरले यसरी गर्दैछन पदको दुरुपयोग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
766
Shares
काठमाडौं। नेपाल स्काउटका आयुक्त लोक बहादुर भण्डारीले लकडाउनको बेलामा समेत स्काउटको गाडी दुरुपयोग गरेको आरोप लागेको छ।
हिसानको सचिब तथा जेभिएर एकेडेमी कलेजको संचालक समेत रहेका भण्डारीले स्काउटको आयुक्त भए यता त्यहाँको स्रोतहरुको दुरुपयोग गर्दै आएको आरोप थियो । लकडाउनको बेलामा भने उनले त्यहाँको गाडी दुरुपयोग गरेको पाइएको हो।
अहिले स्काउटको गाडी उनले आफ्नो कलेजको लागि पुस्तक खरीद विक्रीमा लगाउने गरेका छन्। केपी ओली प्रधानमन्त्री भएपछि आयुक्त भएका उनको अगाडी स्काउटका अधिकारीहरु खासै बोल्न समेत सक्दैनन। त्यसैको फाइदा उठाउँदै उनले स्काउटको सम्पतिमाथि दोहन गरिरहेको आरोप छ।
स्काउटको भ्यान अहिले भण्डीको श्रीमती पुस्तक पसलबाट विद्यालयको लागि पुस्तक ओसारपसारमा प्रयोग गरिरहेकी छिन्।
भण्डारीले प्रधानमन्त्रीसम्म पहुँच छ भन्दै जथाभावी गरेपनि स्काउटमा बोल्ने हिम्मत नगरेकै कारण केही समय अगाडि पोखरामा भएको राष्ट्रिय रोभर मुट कार्यक्रमको अहिलेसम्म आर्थिक प्रतिबेदन समेत उनले पेश गरेका छैनन।
बिराटनगरमा भएको स्काउट प्रशिक्षण तालिममा पनि ब्यापक घोटाला भएको स्काउटकै एक कर्मचारी बताउँछन्। तर प्रधानमन्त्री ओलीको नाममा भण्डारीले त्यसलाई पनि बाहिर आउन दिएका छैनन।