कालीगण्डकीमा खस्यो एम्बुलेन्स : चालकको शव ७ दिनपछि भेटियो
प्रकाशित २०७७ जेठ १० शनिबार
373
Shares
गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव ७ दिनपछि भेटिएको छ ।
गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नंको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।
बेनपा–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए ।
बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेका थिए । मृतक चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।