कोरोनाको जोखिममा एम्बुलेन्स चालक, स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
458
Shares
चितवन । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै संघले एम्बुलेन्स चालकको स्वास्थ्यकर्मीसरह स्वास्थ्य बीमा तथा अन्य सेवा सुविधा उपलब्ध गराउन र कारोना परीक्षणको माग गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने र महासचिव मुक्ति काफ्लेले विज्ञप्ति जारी गर्दै अधिकांश चालक कोरोना भाइरसको जोखिममा रहेको, धेरैले सामान्य सुरक्षा सामग्री पनि नपाएको, राज्यबाट पाउने भनिएका सामग्री पनि बाटैबाट हराएको, एकपटक किनेको मास्कलाई धोएर पटक पटक प्रयोग गर्न बाध्य भएको, एम्बुलेन्स चालकमाथि सामाजिक दुव्र्यवहार बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा विदेशबाट आएका व्यक्तिलाई ओसार्ने साधनका रुपमा जबर्जस्ती प्रयोग नगराउन पनि माग गरिएको छ । संघले आफ्ना माग पूरा नभए कामलाई निरन्तरता दिन नसक्ने जनाएको छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् ।
तीमध्ये सबैभन्दा बढी दुई÷दुई सयको हाराहारी काठमाडाँैं र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष लामिछाने बताए ।