संविधान संसोधनको पक्षमा मतदान गर्ने निर्णय पछि के भने कांग्रेस नेताहरुले?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १८ आइतबार
902
Shares
काठमाडौं। नेपाली कांग्रेस संविधान संसोधनको पक्षमा उभिने निर्णय गर्दै सांैसदहरुलाई त्यसको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।
पार्टी पदाधिकारी वैठकले गरेको निर्णयलाई दोहोर्याउँदै नेपाली कांग्रेस केन्द्रीय समितिको वैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमिलाई नेपालको नक्सामा समेटी संविधानको अनुसूचीमा समेट्ने गरि हुन लागेको संविधान संशोधनको पक्षमा उभिएको हो।
शनिबार ७ घन्टा बढी बसेको बैठकपछि कांग्रेसले एकमतले यो निर्णय गरेको हो। यद्यपी वैठकमा मधेशी मूलका नेताहरूले तराई मधेशका नेताहरुले उठाइरहेको संविधान संसोधनको मुद्धालाई पनि संविधान संशोधनमा समेट्न माग गरेका थिए।
मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरिले संविधान संशोधन नक्सामा मात्रै हुन नहुने बताएका थिए। गिरिले मधेशवादी दलको साथमा उनीहरूले उठाएका संशोधनको प्रस्ताव पनि सँगै संशोधन हुनुपर्ने बताएका थिए।
युवा पुस्ताका गगन थापा र प्रदीप पौडेलले सर्वसहमतिले संविधान संशोधनको प्रस्ताव निर्णय गर्न सुझाएका थिए। निर्णय गर्न विलम्ब गर्न नहुने उनीहरूको मत थियो।
कांग्रेसको वैठकपछि विभिन्न नेताहरुले सामाजिक संजालमा टिप्पणी समेत गरेका छन्। हेरौ केहि नेताहरुले व्यक्त गरेका भनाइहरुः
पूर्ण बहादुर खड्काः "लिम्पियाधुरा,लिपुलेक र कालापानी
हाम्राे भूभाग हाे,कांग्रेसकाे निरन्तरकाे अडान"
संविधान शंसाेधनकाे प्रस्ताबकाे पक्षमा मतदान गर्न कांग्रेस संघिय संसदिय दललाई निर्देशन दिने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे सर्वसम्मत निर्णय
गगन थापाः ल बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन ।
विश्वप्रकाश शर्माः संस्थागत निर्णय; कांग्रेसको ऎतिहासिक परम्परा
७ सालको क्रान्ति; केन्द्रीय समितिबाट
समाजवादको नीति; ०१२ को महाधिवेशनबाट
०४६ को जनान्दोलन; ०४६ माघ ५-७ को चाक्सिवारि सम्मेलनबाट
गणतन्त्र; महासमिति बैठकबाट
नक्साबारे संशोधन प्रस्ताव; केन्द्रीय समितिबाट
नविन्द्रराज जोशीः परिवर्तित नक्सालाई संविधानको अंग बनाउने संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने निर्णय केन्द्रीय समितिबाट भएको छ ।
उदय शमशेर राणाः नेपाली काङ्ग्रेस केन्द्रिय समिती बैठकले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने सर्वसम्मत निर्णय गरेको छ । जय नेपाल