arrow

सुदुर पश्चिममा १८ जना नयाँ कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
covid-test-positive-corona.jpg

कैलाली । सुदूरपश्चिममा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सोमबार कैलालीमा १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीमा एक एक जना पुरुषमामा कोरोनाको संक्रमण पाईएको हो । कैलालीका संक्रमितहरुमा ११ पुरुष र ३ महिला रहेका छन् । 

यो संगै कैलालीमा संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।

कैलालीमा यसअघि ९ जना, डडेल्धुरामा १ जना, दार्चुलामा १ जना, बैतडीमा ५ जना, बाजुरा  र अछाममा २ २ जना संक्रमित थिए ।

जसमध्ये कैलालीका ४, कञ्चनपुरको १ र डडेल्धुराको १ जना संक्रमित सञ्चो भएर घर फर्किसकेका छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ