arrow

नेपाल र भारतको सीमा विवादमा छिर्‍यो पाकिस्तान, कति हुन्छ फाइदा ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १९ सोमबार
pakistan-in-nepal.gif

काठमाडौं। लिम्पियाधुरा, लिपुलेक र कालापानीको बिषयमा नेपाल र भारतबीच जारी विवादमा पाकिस्तान प्रवेश गरेको छ। 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेपाल र भारतबीच जारी सीमा विवादमा इन्ट्री मारेका थिए। 

आफ्ना छिमेकीहरुसँग सीमा लगायतका बिषयमा राम्रो सम्वन्ध राख्न नसकेको भन्दै इमरानले भारत छिमेकिहरुका लागि खतरा बनेको सम्म भन्न भ्याएका थिए। उनको सो ट्वीट त्यो बेला आएको थियो जतिबेला लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालले आफ्नो नक्सालाई अद्यावधिक गरेको थियो। 

पाकिस्तानी प्रधानमन्त्री खानको सो अभिव्यक्तिसँगै पाकिस्तानका संचारमाध्यम र वैदेशिक मामिलामा चासो राख्नेहरुले नेपाल र भातबीचको सीमा विवादलाई आफ्नो अनुकुलमा व्याख्या गर्न थालेका छन्। भारतीय मिडियाकै शैलीमा तर ठीक उल्टो पाकिस्तानी मिडियाहरु नेपालको बिषय उठाएर भारतप्रति आक्रोश र घृणा ओकलिरहेका छन्।  

भारतसँगको परम्परागत शत्रुतापूर्ण सम्वन्धमा रहेको पाकिस्तानले नेपाली जनमतलाई भारतबिरुद्ध भड्काउने गरि संगठित प्रयास शुरु गरेको समेत पाइएको छ। 

पाकिस्तान जिन्दावाद नामक एक ट्वीटर ह्याण्डल सहित अन्य कैयौं ह्याण्डल र मिडियामा अहिले नेपाल र भारतबीचको सम्वन्धका बिषयमा धारणा राख्नेहरु सक्रिय भएको पाइएको छ।   

पाकिस्तान जिन्दावाद नामक ट्वीटर ह्याण्डलमा उर्दु र अंग्रेजीमा ट्वीट हुँदै आएको छ। पछिल्लो ट्वीटमा करिव ५ बर्षअघीको एक भिडियो समेत राखेर ट्वीट गरिएको छ। सीमामा खटिएका सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबीका वैठक समेत देखिने सो भिडियोमा नेपाली सेनाले भारतीय सेनाका १३ जनालाई नियन्त्रणमा लिइएको बताइएको छ। 

सीमाको विषयमा नेपाल भारतबीच सम्वन्ध चिसिइरहँदा हालसालैको झै गरि आएको सो भिडियोले भ्रम समेत सिर्जना गरेको छ। भिडियोलाई राम्ररी नकेलाएको अवस्थामा अहिलेकै होकी भन्ने भ्रम समेत सिर्जना हुनु स्वभाविक भएको एक सुरक्षा विज्ञ बताउँछन्।

भारत र पाकिस्तानले पटकपटक लडाइ समेत गरिसकेका छन्। एकले अर्कालाई तल देखाउन पाउने अवस्था दुबै देश चुक्दैनन। सीमा विवादमा पाकिस्तान यसैगरि प्रवर्श गर्न खोजिएको देखिएको हो। 

नेपाल र भारतबीचको यो विवादमा पाकिस्तान जवर्जस्त प्रवेश गर्न खोजिरहेको प्रधानमन्त्री खानको ट्वीट र पाकिस्तान जिन्दावाद नामको ह्याण्डल सहित दर्जनौ ह्याण्डल सक्रिय भएबाट पनि देखिएको छ। 

नेपाल र भारत बीचको विवादमा ननिम्त्याएको तेस्रो पक्ष पाकिस्तानको प्रवेशले उसलाई प्रोपोगण्डा गर्न त बिषय मिल्ला तर त्यसको घाटा भने हामीलाई नहोस भन्नेतर्फ ध्यान दिनुपर्ने सुरक्षा मामिलाका एक विज्ञले बताए। नेपाल र भारतको विवादमा हामीलाई समर्थन नै गर्न आएपनि पाकिस्तानको समर्थनले हामीलाई उल्टै घाटा गर्छ ति विज्ञको तर्क छ। 

पटक पटक लडाई लडेका पाकिस्तानले अर्को देशसँगको सम्वन्धमा खेल्न खोज्दा भारत भड्किन सक्नेतर्फ हाम्रो सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ। नेपालको समेत नाम मुसेर  इमरान खानको टवीट आएपनि त्यसलाई नेपाल सरकारले वास्ता नगरे झै पाकिस्तानको प्रोपोगण्डामा नपरि आफ्नै ढंगले भारतसँग वार्ता र संवादबाट यो समस्याको हल खोज्नुपर्ने ति सुरक्षा विज्ञको सुझाव छ।  

चीन र भारतको सीमा विवादमा अमेरिकाले मध्यस्थता गर्ने चाहनालाई दुवै देशले अस्विकार गरेको स्मरण गराउँदै उनले भने, “नेपाल र भारतको विवादमा हामी आफै वार्तामा बसेर हल खोज्ने हो। यसमा पाकिस्तान जस्ता देश र उनीहरुको प्रोपोगण्डामा हामी फस्नु भनेको समस्यालाई झनै बल्झाउनु हो।"  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ