arrow

प्रहरी कार्यालय नै तोडफोड गर्ने वडाध्यक्ष केसीसहित जनार्दन शर्माका ३ कार्यकर्ता पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २१ बुधबार
Untitled-119.jpg

काठमाडौं। रुकुम पश्चिममा प्रहरी चौकी तोडफोड गर्ने जनार्दन शर्माका खास कार्यकर्ता समेत रहेका मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसीसहित सोही वडाका राजन केसी र खिलराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार राती वडाध्यक्ष केसीको नेतृत्वमा स्थानीय युवाले नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका थिए।

मंगलबार राति मदिरा सेवन गरी २०–२५ जनाको समूहमा रहेको केसीको टिमलाई लकडाउनको किन उल्लंघन गरेको भनी प्रहरीले रोक्न खोज्दा उनीहरु उल्टै प्रहरीमाथि जाइलागेका थिए । 

उक्त क्रममा उनीहरुले कार्यालयमा तोडफोड गरी अस्तव्यस्त बनाएका थिए । उक्त समयमा पोष्टमा सात जना प्रहरी रहेका थिए । केही प्रहरी घाइते समेत भएका थिए।

रुकुम पश्चिममै ६ जनाको हत्याकाण्डमा पनि विवादमा तानिएका जनार्दन शर्मा यो प्रकरणमा पनि विवादमा तानिएका छन्।   

जनप्रतिनिधि भए पनि केसी पूर्व गृहमन्त्री एवं नेकपाका पोलिटव्यूरो सदस्य जनार्दन शर्माको आडमा गुण्डागर्दी गर्दैै आएको दावी स्थानीयहरुको छ। उनलाई शर्माले नै आड भरोसा दिदा गाउँमा उनको आतकं यतिसम्म बढेको छकी उनले मंगलवार त प्रहरी कार्यालयमै आक्रमण गरे एक स्थानियले बताए। 

प्रहरी कार्यालयमा आक्रमण र तोडफोड भएको पाएपछि रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जनपथ र सशस्त्रका थप सुरक्षाकर्मी घटनास्थलमा पठाएको बताएका थिए। घटनामा संलग्नहरु दिनभर जसो गाउँमै थिए। अपरान्हतिर भने उनीहरुलाई प्रहरी पक्राउ गरेको छ। 

डिएसपी केसीले पक्राउ परेका ३ जनालाई अभद्र व्यवहारको मुद्धा लगाउने गरि अनुसन्धान भइरहेको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ