arrow

जनार्दन शर्माका कार्यकर्ताद्धारा प्रहरी पोष्टमा तोडफोड, केही प्रहरी घाइते

मदिरा सेवन गरी वडाध्यक्ष केसी नेतृत्वमा २०–२५ जनाको टिम लकडाउनको उल्लंघन गरी होहल्लामा संलग्न 

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
Untitled-119.jpg

काठमाडौं । रुकुम मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको एक समूहले वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको छ । 

मंगलबार राति मदिरा सेवन गरी २०–२५ जनाको समूहमा रहेको केसीको टिमलाई लकडाउनको किन उल्लंघन गरेको भनी प्रहरीले रोक्न खोज्दा उनीहरु उल्टै प्रहरीमाथि जाइलागेका थिए । 

उक्त क्रममा उनीहरुले कार्यालयमा तोडफोड गरी अस्तव्यस्त बनाएका छन् । उक्त समयमा पोष्टमा सात जना प्रहरी रहेका थिए । 

केही प्रहरी घाइते भएको समेत बताइएको छ । 

जनप्रतिनिधि भए पनि केसी पटक पटक गुण्डागर्दीमा समावेश हुँदै आएका छन् । केसीले पूर्व गृहमन्त्री एवं नेकपाका पोलिटव्यूरो सदस्य जनार्दन शर्माको आडमा गुण्डागर्दी गर्दैै आएको दावी स्थानीयहरुको छ । 

प्रहरी कार्यालयमा आक्रमण र तोडफोड भएको पाएपछि रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जनपथ र सशस्त्रका थप सुरक्षाकर्मी घटनास्थलमा पठाएको बताएका छन् । 

घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ