arrow

हाम्राकुरा समाचार प्रभावः प्लाष्टिकको क्वारेन्टाइनमा बसेकालाई विद्यालय भवनमा सारियो 

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ २५ आइतबार
mugu-quaraintain.jpg

मुगु। मुगुस्थित खत्याड गाँउपालिकाले प्लाष्टिकको क्वारेन्टाईनमा बसाल्दै आएको स्थानियहरुलाई एक विद्यालयको भवनमा सारेको छ । गाउँपालिकाले वडा नं ५ हलेखाडाको चिसो उच्च भुगोलमा तरकारी फलाउन प्रयोग गरिने ग्रीनहाउसको क्वारेन्टाईन बनाई राखेको थियो। 

भारतबाट आएका आफना स्थानियहरुलाई गाउँपालिकाले कष्टपूर्वक राखेको समाचार हाम्राकुरा डककमले गत १८ गते समाचार प्रकाशित गरेपछि सर्वत्र आलोचना खेप्दै आएको गाउँपालिका नेतृत्वले अन्ततः शनिबार विहान वडा नं ७ गम्थामा रहेको लोकप्रिय माद्यमिक विद्यालयको भवनमा सारेको हो । 

विहिवार बसेको कार्यपालिकाको बैठकले वडा नं २ सेरी मसानेको चौरमा सुविधायुक्त क्वारेन्टाईन बनाई हलेखाडा र छोटेका क्वारेन्टाईनमा बस्दै आएकाहरुलाई सार्ने र त्यसको जिम्मा वडा नं २ का वडा अध्यक्षलाई दिएको थियो ।

कार्यपालिकाले गरेको निर्णय विपरित गाँउपालिकाले शुक्रबार राती हलेखाडाबाट रातारात मान्छे ल्याएर गाँउको विचमा रहेको विद्यालयमा राखेपछि स्थानियहरुले शनिबार विहानै देखि विरोध गरेका थिए। 

लामो समय सम्म विरोध भएपछि गाँउपालिका अध्यक्षले गाँउलेहरुलाई सम्झाई बुझाई गरेपछि गाँउलेहरु दिउसो १ बजे सहमतीमा आइ विद्यालय क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सहमती भएको वडा नं ७ का वडा अध्यक्ष जयऋषि उपाध्यायले टेलिफोनमा जानकारी दिए । हलेखाडाकालाई विद्यालयमा सारेपनि छोटेकालाई भने अझै सारिएको छैन। 

गत ६ गते भारतबाट नेपालको वनबसा नाका हुदै आएका उनीहरुलाई खत्याड गाँउपालिकाले ८ गतेबाट पालको क्वारेन्टाईन बनाई राख्दै आएको थियो। सोहि क्वारेन्टाईनमा बस्दै आएका ४८ जना मध्य १ जना खत्याड गापा २ का २७ वर्षिय एक युवामा २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमा पोजेटिभ रिपोट आएको थियो। 

उच्च लेखको चिसो,पालमा बस्नु पर्ने, खाना पानी र सरसफाईको व्यवस्था नहुँदा रोगले भन्दा चिसो र भोकले मरिने चिन्ता लिएका उनीहरुलाई विद्यालयको भवन र बस्ति नजिक सारिए पछि खुशी भएका छन्। उनीहरुले कोठा भित्र राखिरहनु भन्दा जतिसक्दो छिटो फेरि पीसीआर परिक्षण गरि घर पठाउन आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ