arrow

नक्साको मुद्धा स्थापित गर्ने बुद्धिनारायणलाई राष्ट्रिय सम्मान गर्न सांसदद्वय दिव्यमणी र भिमसेन दासको माग 

भूमि फिर्ता ल्याए केपीको कुटनीतिक चातुर्यता देखिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
divyamani-bhimsen-buddhinar.jpg

काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको नक्सामा राख्न अहोरात्र खटेर स्थापित गराई छाड्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई यसको मूल श्रेय जाने सांसदद्वय दिव्यमणी राजभण्डारी र भिमसेनदास प्रधानले बताएका छन् ।

संसदमा बोल्दै दुवै सांसदले कुनै पनि राजनीतिक दलले यसको जस लिने होडवाजी नगरे हुने भन्दै यसको एकमात्र जस बुद्धिनारायण श्रेष्ठलाई दिनुपर्ने बताएका हुन् । 

नेपालको नक्शाको बारेमा २०४६ सालपछि बनेका सरकारको पालामा पटक पटक बुद्धिनारायण श्रेष्ठले जानकारी गराउँदै आए पनि हाल आएर मात्र उनको मुद्दा संसदमा प्रवेश गरेको भन्दै निरन्तर सीमाको मुद्धालाई राष्ट्रिय मुद्धा बनाउन योगदान दिएका श्रेष्ठलाई दुबै सांसदले धन्यवाद दिएका हुन् । प्रधानले सीमा मुद्दालाई उठाइरहने श्रेष्ठलाई राष्ट्रिय सम्मान गर्न समेत माग गरेका छन् ।

प्रधानले भने, बिपी कोइराला प्रधानमन्त्री भएको बेला सगरमाथाकोबारेमा प्रश्न उठेपछि तत्कालै चीनसँग कुरा गरेर सगरमाथा नेपालमा ल्याएको प्रसंग जोड्दै त्यसरी नै अहिलेका प्रधानमन्त्री केपी ‌ओलीलाई समेत लिपुलेख, लिपियाधुरा, कालापानी भारतसँग कुरा गरेर नेपाललाई फिर्ता ल्याउन अवसर आएको उल्लेख गर्दै उनको कुटनीतिक चातुर्यता यहि झल्कने प्रधानले बताए । उनले बिपी कोइराला र गणेशमानसिंह बिचको प्रसंग उल्लेख गर्दै भने, ‘नेताको पहिचान क्रान्तिमा हैन, क्रान्तिपछि बनेको सरकारमा हुनुपर्छ।’

उखान टुक्का नभइ नेपाली जनताले जित्ने गरी काम गर्न प्रधानमन्त्रीलाई प्रधानले सल्लाह समेत दिए । प्रधानमन्त्री ओलीकै पालोमा उठेको कुरा उनकै पालोमा टुङ्गियोस् र  राजनेता बन्ने अवसर प्राप्त होस भन्ने शुभकामना पनि प्रधानले दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ