arrow

अघोषित नाकाबन्दी छिट्टै खुल्नेछ: महामन्त्री सिटौला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1272196471.jpeg
ललितपुर। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप नेपालले पारबहन सुविधा पाउनुपर्ने बताएका छन् । काँग्रेस वज्रबाराही नगर समन्वय समितिद्वारा मंगलबार छठ पर्वका अवसरमा गरिएको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले नेपालमा गरेको नाकाबन्दी गलत रहेको बताए ।

उनले भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहन सुविधालाई कहीँकतैबाट रोक्न नमिल्ने बताउँदै भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गरे । उनले मधेसकेन्द्रित राजनीतिक दलले आफ्नो माग संसद्बाटै लिनुपर्नेमा संविधानसभा छाडेर सडक आन्दोलनमा जानु गल्ती भएको बताए । 

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामाले इन्धन अभावका कारण जनताले सास्ती व्यहोर्नु परेकाले समाधानका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने बताए । सांसद एवम् काँग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीका कार्यकर्ता संवेदनशील भएर समाजको सेवा गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ