लक्ष्मी बैंकले दोहा बैंकबाट २ अरब ४१ करोड बराबर ऋण प्राप्त
प्रकाशित २०७७ असार ७ आइतबार
633
Shares
काठमाडौं। लक्ष्मी बैंकले दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर बराबरको २ अर्ब ४१ करोड ऋण प्राप्त गरेको छ। लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको हो।
२०७७ साल, बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो। सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको लक्ष्मी बैंकले जनाएको छ।